गुराँस लघुवित्तको साढे १७ प्रतिशत लाभांश घोषणा

काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई साढे १७ प्रतिशत लाभांश दिने भएको छ।  लघुवित्तले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हाे ।

लघुवित्त  सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले  हाल कायम चुक्ता पूँजीको १६.९० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँ छ। १६.९० प्रतिशत बोनस सेयर वितरणपश्चात् लघुवित्तको चुक्ता पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ।